भाजपा पञ्चायत तृणमूल कांग्रेसमा सामेल

सिलगढी : सिलगढीको हिलकार्ट रोडस्थित तृणमूल कांग्रेस कार्यालयमा आज एउटा कार्यक्रमबीच डाबग्राम 1 नम्बर ग्राम पञ्चायतको भाजपा पञ्चायत दिनेश मण्डलले आफ्नो पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। राज्यका पर्यटन मन्त्री गौतम देवले दलीय झण्डा प्रदान गरेर तिनलाई आफ्नो पार्टीमा स्वागत जनाए। यसको साथै सिलगढी कलेजका सचिव विश्वजीत सरकारलाई टाउन ब्लक तृणमूल छात्र परिषदको पदमा नियुक्त गरियो। पार्टीमा दायित्व दिनको लागि नै तिनीहरूलाई उच्च पदहरूमा नियुक्त गरिएको साथै पार्टीको तर्फबाट आउँदो चुनाउलाई लिएर चाँडै प्रचार-प्रसार अभियान शुरू गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *