भाजपा प्रार्थी दुर्गा मुर्मूले गरे खोरीबारीको विभिन्न इलाकामा चुनाउ प्रचार

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका भाजपा प्रार्थी दुर्गा मुर्मूले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा खोरीबारी बुढ़ागञ्ज मण्डलको विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरे। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, खोरीबारी बुढ़ागञ्ज मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंह, महिला मोर्चाका सुलाता सरकार, किसान मोर्चाका प्रदीप सहिया लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। मण्डल अध्यक्ष कल्याण कुमार प्रसादले बताएअनुसार चुनाउ प्रचारको क्रममा भाजपा प्रार्थी दुर्गा मुर्मू सर्वप्रथम भालूगाड़ा लक्खी मन्दिर, राधाकृष्ण मन्दिर पुगेर पुजा अर्चना गरे। यसपछि यहाँका सबै दोकानेहरूसित भेटघाट गरेर भाजपा प्रार्थीको पक्षमा मतदान गरेर विपुल मतले विजयी बनाउने अपील पनि गरे। यसबाहेक भाजपाको तर्फबाट पीडब्ल्युडीमा एउटा पदयात्रा पनि निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *