भाजपा प्रार्थी दुर्गा मुर्मूले रानीगञ्ज बिन्नाबाड़ी क्षेत्रमा गरे चुनाउ प्रचार

खोरीबारी: फाँसीदेवा खोरीबारी विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका प्रार्थी दुर्गा मुर्मूले आज रानीगञ्ज बिन्नाबाड़ी मण्डल अन्तर्गत विभिन्न स्थानहरूको परिभ्रमण गरेर जनसम्पर्क अभियान गर्दै चुनाउ प्रचार गरे। यस अवसरमा भाजपा प्रार्थी मुर्मूलाई रानीगञ्ज बिन्नाबाड़ी मण्डलका कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाउँदै विजयको लागि शुभकामना दिए। तिनले आज पार्टीका कार्यकर्ताहरूसित रानीगञ्ज बिन्नाबाड़ी मण्डलको क्वार्टर, पानीट्याङ्की, बतासी आदि टाउँहरूमा गएर चुनाउ प्रचार गरे। यस अवसरमा भाजपा प्रार्थी दुर्गा मुर्मूसित नेशनल काउन्सिल मेम्बर गणेश देवनाथ, मम्डल अध्यक्ष भोला नाथ सिद्धा, विश्वम्भर प्रसाद, तापस माँझी, मनीषा सरकार, तरुण कुमार सिंह सहित अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *