भाजपा प्रार्थी दुर्गा मुर्मूले बुढ़ागञ्जमा गरे जनसम्पर्क अभियान

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका भाजपा प्रार्थी दुर्गा मुर्मूले आज पार्टीका कार्यकर्ताहरूको साथमा बुढ़ागञ्जमा जनसंपर्क अभियान चलायो। जनपर्क अभियान अवधि तिनले मानिसहरूलाई मतदान गर्ने अपील पनि गर्दै केन्द्रको भाजपा सरकारले लगातार जनहितमा कार्य गरिरहेको बताए। यसको साथै तिनले सोनार बङ्ग्ला बनाउने सपना साकार हुने बताए। खोरीबारी बुढ़ागञ्ज मण्डल युवा मोर्चा अध्यक्ष तरुण कुमार सिंहले आज बुढ़ागञ्जको किलाघाटा स्थित शिवमन्दिरमा भाजपा प्रार्थी दुर्गा मुर्मूले पुजा अर्चना गरेपछि कालीडाङ्गासम्म रोड शो गरेको बताए। रोड शो-पछि विभिन्न ठाउँहरूको भ्रमण गरेर जनसम्पर्क अभियान चलाएर मानिसहरूलाई प्रार्थी दुर्गा मुर्मूको पक्षमा मतदान गर्ने आग्रह गरेको तिनले बताए। जनसम्पर्क अभियानमा प्रार्थी दुर्गा मुर्मू लगायत श्यामा मुखर्जी, उत्तम सिंह, कल्याण कुमार प्रसाद, शक्तिजय बारोई, महेन्द्र मेजर, तरुण कुमार सिंह एवम् स्थानीय कार्यकर्ताहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *