भाजपा प्रार्थी दुर्गा मुर्मूको समर्थनमा मोतीझाड़ चियाकमानमा चुनाउ प्रचार

खोरीबारी : फाँसीदेवा-खोरीबारी विधानसभा क्षेत्रको मोतीझाड़ चियाकमानमा आज भाजपा प्रार्थी दुर्गा मुर्मूले कार्यकर्ताहरूलाई साथमा लिएर जनसम्पर्क अभियान अन्तर्गत चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि पार्टीका कार्यकर्ताहरूले प्रार्थी दुर्गा मुर्मूको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। प्रार्थी दुर्गा मुर्मूले भाजपाले विकासमा विश्वास गर्ने गरेको बताउँदै बंगालमा भाजपा पार्टी विपुल मतले विजय भएर सरकार गठन गरेपछि चियाश्रमिकहरूको हितमा कार्य गर्नेछ भनी बताए। चियाश्रमिकहरूको न्यूनतम वेतन 350 रुपियाँ गर्ने, पिउने पानीको व्यवस्था गर्ने, जमीनको पर्जापट्टा दिने, शिक्षाको लागि स्कुलहरूको निर्माण गरिने, सड़कहरूको निर्माण लगायत विविध सुविधाहरू उपलब्ध गराउने तिनले बताए।  जनसम्पर्क अभियानमा प्रार्थी दुर्गा मुर्मू लगायत गणेश देवनाथ, सुभाष पानिका, अजय उराव, राजकुमार किन्डो, निरञ्जन सरकार एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *