भाजपा प्रार्थीहरूको समर्थनमा शुभेन्दु अधिकारीले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आगामी 12 फरवरीमा सम्पन्न हुने भएकोले सिलगढीमा सबै राजनैतिक पार्टीका स्टार प्रचारकहरूले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा भाजपा प्रार्थीहरूको समर्थनमा विधानसभा विरोधी दल नेता शुभेन्दु अधिकारीले हिजोदेखि चुनाउ प्रचार गर्दै लगातार राज्य सरकारमाथि कटाक्ष कसिरहेका छन्। शुभेन्दु अधिकारीले आज फेरि सिलगढीको 45 र 46 नम्बर वार्डमा भाजपा प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गर्दै राज्य सरकारमाथि कटाक्ष कसे। चुनाउ प्रचार अवधि तिनले भने, तृणमूल कङ्ग्रेसले जु डबल इञ्जन सरकारको कुरा गरिरहेको छ त्यसमा केवल खाली बगी बाँकी रहेको छ। किनभने राज्य सरकारमाथि 5 लाख 65 हजार करोड़ रुपियाँको ऋण लागेको छ। सिलगढीको जनताले सीपीएम र तृणमूल कङ्ग्रेसले दुवै पार्टीलाई टेस्ट र रिजेक्ट गरिसकेको छ भने अब भाजपाको पालो आएको छ। यसैले सिलगढीको जनताले भाजपाका उम्मेदवारहरूलाई एकपल्ट अवसर दिओस् भनी तिनले बताए। तिनले आज 1, 2, 3 र 47 नम्बर वार्डमा भाजपा उम्मेद्वारहरूको समर्थनमा चुनाउ प्रचार गर्नको साथै स्ट्रीट कर्नरमा सिलगढीका जनतालाई सम्बोधित पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *