भाजपाका प्रार्थीहरूले आज सिलगढीमा बुझाए नामाङ्कन पत्र

सिलगढी : सिलगढी, मतिगढा-नक्सलबारी र फाँसीदेवा विधानसभा क्षेत्रका भाजपा प्रार्थीहरूले आज नामाङ्कन पत्र बुझाए। सिलगढीको बाघाजतीन पार्क अघिबाट बाजागाजाको साथमा एउटा शोभायात्रा निकालेर भाजपा प्रार्थीहरू शङ्कर घोष, आनन्दमय बर्मन र दुर्गा मुर्मूले आफ्नो नामाङ्कन पत्र बुझाए।


यस अवसरमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट उपस्थित थिए। उक्त शोभायात्रामा पार्टीका कार्यकर्ताहरू लगायत समर्थकहरू बाजागाजाको साथमा नाच्दै, अबीर लगाउँदै आफ्नो प्रार्थीको समर्थनमा खुशी प्रकट गरेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *