भाजपा प्रार्थी शङ्कर घोषद्वारा सिलगढी 24 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा भाजपा प्र्राथी शङ्कर घोषले आज चुनाउ प्रचार गरे। तिनी आज वार्डको देवाशीष कोलनी इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी गरे।


चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्नको साथै कोरोनाबारे सचेत रहने अपील पनि गरे। यस अवसरमा शङ्कर घोषले वार्डको मानिसहरूमाथि आफूलाई भरोसा रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *