भाजपा प्रार्थी शङ्कर घोषले जारी गर्‍यो व्हाट्सएप परिसेवा

सिलगढी : चुनाउ प्रचारमा व्यस्त रहेकोले गर्दा भाजपा प्रार्थी शङ्कर घोष हाल साधारण मानिसहरूको अभाव तथा समस्याहरू सुन्न सम्भव नरहेकोले तिनले एउटा व्हाट्सएप नम्बर जारी गरेको छ। साधारण मानिसहरूले आफ्नो समस्या सुनाउन तथा सुझाउ दिन सकोस् भन्ने उद्देश्य लिएर सिलगढी विधानसभाका भाजपा प्रार्थी शङ्कर घोषले व्हाट्सएप सेवा शुरू गरेको बताइएको छ। साधारण मानिसहरूले व्हाट्सएप नम्बर 98834-57642-मा आफ्नो समस्या तथा अन्य कुनै पनि सुझाउहरू पठाउन सक्नेछन्। यसबाहेक मेल ([email protected]) –मार्फत् पनि साधारण मानिसहरूले आफ्नो विचार व्यक्त गर्न सक्नेछन्। शङ्कर घोषले आज भाजपा जिल्ला कार्यालय सिलगढीमा एउटा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *