भाजपा प्रार्थी शङ्कर घोषले विभिन्न बुथहरूमा गरे परिदर्शन

सिलगढी : सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शंकर घोषलाई आज सिलगढीको टिकियापाड़ाको बुथ नम्बर 161 मा परिदर्शन गर्नमा केन्द्रीय वाहिनीका एकजना जवानले रोक लगाए। यसपछि तिनी केही समयसम्म त्यहीँ बाहिर रहेपछि तिनले यसबारे चुनाउ पर्यवेक्षकलाई जानकारी गराए। चुनाउ पर्यवेक्षकले अनुमति दिएपछि मात्र तिनले उक्त बुथभित्र प्रवेश गर्न पाएको बताइएको छ। स्मरण रहोस्, चुनाउ आयोगको नियम अनुसार कुनै पनि प्रार्थीले मतदान केन्द्रहरूमा निरीक्षणको निम्ति प्रवेश गर्न सक्नेछन्। तथापि, आज विभिन्न बुथहरूको परिभ्रमणको क्रममा शङ्कर घोषलाई बुथमा जान चुनाउमा खटिएका चुनाउ अधिकारी तथा केन्द्रीय वाहिनीका जवानहरूले रोक लगाए तापनि तिनले सम्बन्धित अधिकारीहरूलाई आफ्नो जानकारी गराएपछि मात्र प्रवेशको अनुमति दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *