भाजपा प्रार्थी शङ्कर घोषले चुनाउ प्रचार अवधि युवाहरूसित खेले क्रिकेट

सिलगढी : सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषले आज सिलगढीको विभिन्न वार्डहरूमा चुनाउ प्रचार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढी नगरनिगमको 25 नम्बर वार्ड पुगेर चुनाउ प्रचार गरे। हिन्दी हाईस्कुल मैदान आयोजित क्रिकेट टुर्नामेन्टको आयोजना गरिएको थियो भने तिनी चुनाउ प्रचार गर्दै मैदानमा पुगेर युवा खेलाडीहरूसित क्रिकेट पनि खेले। यसको साथै तिनले सिलगढी नगरनिगमको 18 र 6 नम्बर वार्ड लगायत अन्य विभिन्न इलाकामा पनि चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूसित कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *