भाजपा प्रार्थी सुपेन रायले गरे राजगञ्ज बजारमा चुनाउ प्रचार

राजगञ्ज : राजगञ्ज विधानसभा आसनका भाजपा प्रार्थी सुपेन रायले आज राजगञ्ज बजारमा चुनाउ प्रचार गरे। यसको साथै तिनले आज राजगञ्जको तोताईगछस्थित हनुमान मन्दिर र शिव मन्दिरमा पुजा-अर्चना पनि गरे। यसपछि तिनी केही दिन अघि सड़क दुर्घटनामा मर्ने तापस साहाको घरमा गएर तिनका परिवारका सदस्यहरूसित भेटघाट गरे। पत्रकारहरूसित कुराकानी गर्दै तिनले चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *