भाजपा प्रतिनिधि टोलीद्वारा बीडीओ-लाई ज्ञापन

बिजनबारी: भाजपा मण्डल कमिटीको एउटा प्रतिनिधि टोलीले बिजनबारीको पुलबजार खण्ड विकास अधिकारी सञ्जय घिसिङलाई तिनको कार्यालयमा भेट गरेर पाँच बुँदे ज्ञापन पत्र चढाए। यस भेट अवधि तिनीहरुले खण्ड विकास अधिकारीलाई चढाएको ज्ञापनमा देशव्यापी रूपमा सञ्चालित मनरेगा अन्तर्गत कामहरू यस ब्लकमा पनि सही ढंगमा हुनुपर्ने, जब कार्ड नभएका सर्वसाधारणलाई बिलम्ब नगरी जबकार्ड प्रदान गर्नुपर्ने, प्रधानमन्त्री आवास योजना गरीबहरुले पाउनुपर्ने जसमा राजनैतिक दबाउ नहुनुपर्ने, पहाडमा चाँडै दुई स्तरीय पञ्चायत चुनाउ हुनपर्ने आदि जस्ता माग उल्लेख गरिएको छ। उक्त भेटघाटपछि पत्रकारहरुलाई सम्बन्धोन गर्दै भाजपा दार्जिलिङ जिल्ला सदस्य जितेन तामाङले कार्यक्रम बिषयमा थप जानकारी दिएका छन्। तिनले भने, भेटघाट सौहार्द्रपुर्ण भयो अनि खण्ड बिकास अधिकारीले सकेसम्म सहयोग गर्ने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *