भाजपा र सीपीएम पार्टी छोड़ेर 36 परिवार तृणमूल-मा सामेल

राजगञ्ज : विधानसभा चुनाउको मुखैमा राजगञ्जमा भाजपा र सीपीएम छोडेर 36 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका एसटी, एससी, ओबीसी सेलका अध्यक्ष कृष्ण दासको नेतृत्वमा आज राजगञ्ज विधानसभाको माझीयाली, सुखानी र पानकौरी अञ्चलबाट लगभग 36 परिवार तृणमूलमा सामेल भएको छ। यस अवसरमा कृष्ण दासले विधानसभा चुनाउको मुखैमा भाजपा र सीपीएम पार्टी छोड़ेर 36 परिवार तृणमूलमा सामेल भएकोले आफ्नो पार्टी अझ दह्रिलो भएको बताउँदै विपुल मतले चुनाउमा जीत हासिल गर्ने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *