भाजपा र गोजमुमो 2-का तीनजना नगर पार्षद् बिमल खेमामा सामेल

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाका 3 जना नगर पार्षद्हरूले आ-आफ्नो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चा बिमल खेमामा सामेल भएका छन्। दार्जिलिङ नगरपालिकाको 13 नम्बर वार्डका निलम मुखिया यल्मो र वार्ड नम्बर 2 बाट उषा विश्वकर्माले गोजमुमो दुई त्यागेर अबदेखि गोजमुमो बिमल खेमामा सामेल भएको आज घोषणा गरे। यसैगरी, 4 नम्बर वार्डका भाजपा वार्ड पार्षद् चन्दन यल्मो पनि आज पार्टी त्यागेर गोजमुमो बिमल खेमामा सामेल भए। दार्जिलिङको पात्लेबाँसस्थित पार्टीको कार्यालयमा गएर आज तिनीहरूले आ-आफ्नो पार्टी त्यागेर गोजमुमो 1 मा सामेल भएको घोषणा गरे भने यस अवसरमा तिनीहरूलाई पार्टी अध्यक्ष बिमल गुरूङ खदा लगाइदिएर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *