भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदार कुचबिहार भ्रमणमा

कुचबिहार : लोकसभा चुनाउअघि भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदार आज कुचबिहार भ्रमणमा आइपुगेका छन्। तिनले आज कुचबिहारको मदनमोहन मन्दिरमा पुजा-अर्चना गरे। यसको साथै तिनले जिल्ला पार्टी कार्यालयमा सांगठनिक बैठक गर्ने भएका छन्। उक्त बैठकमा मुख्य रूपमा लोकसभा चुनाउको रणकौशल विषयमा विस्तृत रूपमा चर्चा परिचर्चा गरिने भाजपा सूत्रमार्फत् थाहा लागेको छ। यसबाहेक सुकान्त मजुमदारले आज दिनहाटामा घाइते भाजपा कार्यकर्तासित भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *