भाजपा राष्ट्रिय उपाध्यक्ष दिलिप घोषको बयानलाई गोरामुमो-द्वारा खण्डन

खरसाङ : भाजपा राष्ट्रिय उपाध्यक्ष दिलिप घोषले उत्तर बंगाल विभाजन हुँदैन भनी दिएको बयानलाई गोरामुमो खरसाङ ब्राञ्च कमिटीले खण्डन गरेको छ। ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै भने, कालेबुङ भ्रमणको क्रममा भाजपा उपाध्यक्ष दिलिप घोषले दिएको बयानको हामी खण्डन गर्दछौँ। उत्तर बंगाल विभाजन होस् अथवा नहोस् त्यो हाम्रो सरोकार होइन। तर स्थायी राजनैतिक समाधान भनेको नै गोर्खाल्याण्ड हो भनेर हामी बुझ्छौँ अब दिनेले के दिन्छ हेर्नुपर्छ। उत्तर बंगाल र गोर्खाल्याण्ड दुई अलग विषय हो। भाजपाले 11 जातगोष्ठी अथवा छुट्टिएको जनजातिमाथि काम गर्दैछ भनी दिएको बयानलाई पनि चुनौती दिँदै भुपेन गुरुङले भने,  जाति गोष्ठी विषय लिएर केन्द्र सरकारसँग वार्ता भइसकेको र सम्बन्धित विभागहरूले यसमाथि कार्य गरिरहेको स्वयम् जनजाति मामिला सम्बन्धि मन्त्रीले जानकारी गराइसकेको छ। दार्जिलिङको भूभाग बंगालको कहिले पनि थिएन प्रशासन चलाउनको निम्ति 1954-को एब्जर्ब एक्ट अनुसार दार्जिलिङमा गाभिएको हो। तर 2018-मा एब्जर्ब एक्ट खारेज भइसकेको छ। यसकारण दिलिप घोषले आफ्नो बयानलाई फिर्ता लिनुपर्छ भनी भुपेन गुरुङले जनाएका छन्। गोर्खा जातिको दुर्भाग्य पनि हो यदि 2007-मा छैटौँ अनुसूची हुन दिएको भए 2018-मा एब्जर्ब एक्ट खारिज हुँदा छैटौँ अनुसूची मार्फत् गोर्खाल्याण्ड राज्यको निर्माण पनि भइसकेको हुने थियो भनी भुपेन गुरुङले विज्ञप्ति मार्फत् जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *