भाजपा सांसदले गरे सीएए-को समर्थनमा प्रचार 

सिलगढी : सिलगढी सांगठनिक भाजपाको सात नम्बर मण्डल कमिटीका तर्फबाट  जलपाईगढी जिल्लाको भाजपा सांसद डा. जयन्त रायको नेतृत्वमा आज सीएए-को समर्थनमा प्रचार गरियो। जयन्त रायले सात नम्बर मण्डल अन्तर्गत पर्ने  इलाकास्थित घर-घर गएर सीएएबारे मानिसहरूलाई विस्तारमा जानकारी गराउनको साथै लिफलेट पनि बाँडे। यस अवधि सांसद जयन्त रायलगायत सिलगढी सांगठनिक भाजपाका सचिव राजु साहा, मण्डल अध्यक्ष दिपाङ्कर चक्रवर्ती एवम् अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *