भाजपा सांसद र विधायकहरूले राजीनामा दिनुपर्ने मागमा पोस्टरिङ

खरसाङ :  दार्जिलिङका सांसद राजु विष्ट अनि विधायकहरूले पहाडको स्थायी राजनैतिक समाधान पुरा गर्छौँ भनी जनताको अघि झुटो कसम खाए तापनि हालसम्म पुरा नगरेकोमा तिनीहरूले झट्टै राजीनामा दिइनुपर्ने माग गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमाले व्यापक पोस्टरिङ गरेको छ। खरसाङ महकुमा युवा मोर्चाको विशेष पहलमा साथै टाउन कमिटी प्यारेन बडी र युवा मोर्चाका सदस्यहरूले आज स्थायी राजनैतिक समाधानको माग पुरा नगरेकोमा भाजपाका सांसद लगायत विधायकहरूले राजीनामा दिनुपर्ने माग गर्दै खरसाङ बजारभरि व्यापक पोस्टर टाँसेको छ। टाँसिएको पोस्टरहरूमा स्थायी राजनैतिक समाधानको बील पास गर नत्र जनताको अघि झुटो कसम खाने अनि झुटो बोल्ने सांसद र विधायकले झट्ट राजीनामा देऊ भन्ने कुरा उल्लेख गरिएको छ।


यी पोस्टर टाँसेको अवधि महकुमा युवा मोर्चाका मूल सचिव सञ्जीब सुबेदी छेत्री, कोषाध्यक्ष अर्जुन छेत्री, टाउन कमिटी मूल सचिव विकास तिरूवा, कोषाध्यक्ष सहदेव मङ्ग्राती, युवा मोर्चा टाउन कमिटी अध्यक्ष प्रणील रसाईली, मूल सचिव आशिष तामाङ, विकास देवान, फुपछिरिङ भुटिया, विष्णु सुन्दास, निमा यल्मो लगायत अन्य उपस्थित थिए। यस अवसरमा युवा मोर्चाका मूल सचिव सञ्जीव छेत्रीले बताएअनुसार गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाले विगत 2009 देखि नै भाजपालाई गोर्खा र गोर्खाको हितको निम्ति अथवा गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने एउटा हितौशी पार्टी सम्झेर बङ्गाल राज्यभरिमै पहिलोपल्ट सांसद दिएको थियो भने यसपछि 2014 अनि 2019-को कठिन परिस्थितिमा पनि पहाडबाट विधायक र सांसद पठाएका थिए। यति मात्र नभएर 2019-को भाजपाको सङ्कल्प पत्रमा नै 11 जातगोष्ठी र स्थायी राजनैतिक समाधान गरिदिने उल्लेख गरेको हुँदा पहाडको जनताले आँखा चिम्लेर 2021 –मा पनि दार्जिलिङबाट निरज जिम्बालाई अनि खरसाङबाट बीपी बजगाइँलाई जिताएर विधायक बनाएर पठाएकै हो तर आजसम्म पनि यस विषयमा भाजपाले कुनै पहल नगरेको तिनले बताए। यसैले यस मनसुन सत्रमा नै यसको पहल हुनुपर्ने अपील गर्दै आज खरसाङमा पोस्टरिङ गरेको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *