भाजपा सरकारको नीतिहरू विरुद्ध एनएफ रेलवे मजदुर युनियनद्वारा ब्ल्याक डे पालन गर्दै पोस्टरिङ

खरसाङ: भारतीय जनता पार्टी सरकारको नीतिहरू विरूध्दमा एनएफ रेलवे मजदुर युनियनद्वारा ब्ल्याक डे पालन गरियो। मजदूर यूनियनको सर्वभारतीय स्तरमा रहेको अल ईण्डिया रेलवे मेन्स फेडेरेशनको आयोजनामा आज केन्द्र सरकारको नीतिहरू विरुद्ध सर्व भारतीय स्तरमा विरोध जनाए। यसकै एउटा अंश रहेको एनएफ रेलवे मजदुर युनियनका 52 वटा शाखाहरूले पनि विरोध जनाउँदै ब्ल्याक डे मनायो भने त्यसमा खरसाङ – तीनधारे शाखाले पनि विरोध जनाउँदै विभिन्न कार्यक्रमहरू गर्यो। एनएफ रेलवे मजदुर युनियन खरसाङ तीनधारे शाखाले पनि केन्द्र सरकारको नीतिहरूको विरोध गर्दै दार्जीलिङ हिमायलन रेलवेको विभिन्न स्थानहरूमा विरोध जनायो। मजदुर युनियनद्वारा केन्द्र सरकारको विरोधमा डीएचआरको सुकना, तीनधारे र खरसाङ क्षेत्रमा व्यापक रुपमा पोस्टरिङ पनि गरेको जानकारी प्राप्त भएको छ। तीनधारेको रेलवे कारखाना परिसर, रेलवे अस्पताल परिसर, स्टेशन परिसर लगायत खरसाङको विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरिएको छ। उक्त विरोधको कार्यक्रममा मजदुर युनियन खरसाङ तीनधारे शाखाको सभापति बिर्खु राई, सचिव सन्तोष विश्वकर्म, खरसाङ शाखाको पासाङ सालाखा, सुग्रीव दर्जी लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। केन्द्र सरकारको विरोधमा गरिएको पोस्टरिङमा केन्द्रमा रहेको भाजपा सरकारले श्रमिकहरू विरोधी कानून ल्याएको, जन विरोधी कानून ल्याएको, युवाहरू विरोधी कानुन ल्याएको तथा देशको हितमा कार्य नगरेको भनी विरोध जनाउँदै ब्ल्याक डे पालन गरिएको बताएको छ। यस अवसरमा मजदुर युनियनद्वारा 11 सूत्रीय माग गर्दै पोस्टरिङ गरिएको सभापति बिर्खु राईले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *