भाजपा एससी मोर्चाका प्रदेश अध्यक्ष दुलाल बर ‘चिया चर्चा’ कार्यक्रममा सामेल

राजगञ्ज : भाजपा एससी मोर्चाका प्रदेश अध्यक्ष दुलाल बरले साधारण मानिसहरूमाझ सम्पर्क बढ़ाउने उद्देश्य लिएर आमबारीमा चिया चर्चा कार्यक्रममा सामेल भए। आज राजगञ्ज ब्लकको आमबारी पोस्ट अफिस मोड़मा उक्त कार्यक्रमको आयोजना गरियो। यस अवसरमा तिनले पार्टी कार्यकर्ताहरूसित पार्टीको विभिन्न कार्यक्रमबारे चर्चा परिचर्चा गर्नको साथै अनुसूचित जातिहरूको समस्याहरूबारे पनि चर्चा गरे। तिनले बताएअनुसार राज्यभरिमै अनुसूचित जातिका मानिसहरूमाथि अत्याचार साथै तिनीहरूको अधिकारहरू समेत हनन भइरहेको छ। यसैको विरोधमा प्रत्येक मण्डलमा गएर जनमत अनुसार सोनार बंगाल बनाउने उद्देश्य लिएर आफूले प्रत्येक क्षेत्रको भ्रमण गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *