भाजपा श्रमिक संगठनद्वारा सोनादा र टिङलिङ चिया कमानमा मास्क अनि सेनिटाइजर वितरण

मिरिक: भारतीय जनता पार्टीको श्रमिक संगठन भारतीय मजदुर संघद्वारा सोनादा अनि टिङलिङ चिया बगानमा मास्क अनि सेनिटाइजर वितरण गरियो। भारतीय जनता पार्टीको श्रमिक संगठन भारतीय मजदुर सङ्घले विभिन्न चिया बगानका श्रमिकहरुलाई कोभिड महामारीबाट सुरक्षित राख्ने उद्देश्य राखेर मास्क सेनिटाइजर वितरण गर्दै आइरहेको छ। यसै क्रममा भारतीय मजदुर संघका महासचिव बबिन सुब्बा अनि सचिव प्रणय शेर्पाको नेतृत्वमा सोनादा रङ्मुक सिडर्स चियाबारी अनि ओक्स चियाबारीमा चिया मजदुरहरुको निम्ति मास्क प्रबन्धन पक्षलाई प्रदान गरे भने प्रबन्धन पक्षले सम्पूर्ण मजदुरहरुलाई वितरण गरे। यसरीनै सौरेनी समष्टि अन्तर्गत टिङलिङ चिया बगानका चिया श्रमिकहरुलाई बिकराज शर्माको नेतृत्वमा बीएमएस अनि बीसीएमएस-को तर्फबाट सेनिटाइजर वितरण गरिएको संगठनका अध्यक्ष आरसी गिरीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *