भाजपा सिक्किम राज्य अध्यक्ष पदबाट डीबी चौहानले दिए राजीनामा

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम राज्य अध्यक्ष डीबी चौहानले आज पार्टी राज्य अध्यक्षको पदबाट राजीनामा दिएका छन्। भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई लेखिएको एक पत्रमा अध्यक्ष चौहानले पार्टी प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएको कुरा जनाएका छन्।


आफ्नो राजीनामा पत्रमा तिनले पार्टी हाई कमाण्ड, प्रदेश एकाईका सम्पूर्ण सहकर्मी साथै आफ्नो सात वर्ष लामो राज्य अध्यक्षको कार्यकालमा मार्गदर्शन, सल्लाह र सहयोग गर्ने सम्पूर्ण मित्रगण एवं शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *