भाजपा सिक्किम राज्यका उपाध्यक्ष शेर बहादुर कार्की र महासचिव लाटेन शेर्पाद्वारा राजीनामा

गान्तोक (निसं): भारतीय जनता पार्टीको सिक्किममा ठूलो पैह्रो गएको छ। आज भारतीय जनता पार्टी सिक्किम राज्यको उपाध्यक्ष शेर बहादुर कार्कीले आफ्नो पद अनि साधरण सदस्यबाट राजीनामा दिएका छन्। तिनले यसबारे भाजपाका राष्ट्रीय अध्यक्ष जेपी नड्डालाई लिखित रूपमा जानकारी गराएका छन्।


यसैगरी, आज नै भारतीय जनता पार्टी सिक्किम राज्यको महासचिव लाटेन शेर्पाले पनि आफ्नो पद अनि साधरण सदस्यताबाट समेत राजीनामा दिएका छन्। तिनले आफ्नो राजीनामा पत्र भाजपा राज्य एकाईका अध्यक्ष लगायत राष्ट्रीय अध्यक्ष जेपी नड्डा, भाजपा सिक्किम राज्य प्रभारी दिलिप जैशवाल आदिलाई पठाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *