भाजपा सिलगढी सांगठनिक जिल्ला महासचिव कोरोना संक्रमित

सिलगढी : भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका महासचिव कोरोना संक्रमित भएका छन्। तिनी सिलगढी नगरनिगमको 15 नम्बर वार्ड निवासी हुन्। हिजो सिलगढीको भेनस मोडमा आयोजित भाजपाको एउटा कार्यसूचीमा तिनी सामेल भएका थिए। भाजपा पार्टी सूत्रले दिएको जानकारीअनुसार केही दिन अघि तिनको स्वाब संग्रह गरेर जाँचको लागि पठाइएको थियो भने आज तिनको रिपोर्ट पोजेटिभ आएको छ। हिजो भाजपाद्वारा आयोजित एउटा कार्यसूचीमा तिनी सामेल भएकोले गर्दा भाजपा केही नेता तथा कार्यकर्ताहरूलाई होम क्वारेन्टाइनमा राखिने प्रशासन सूत्रमार्फत् थाहा लागेको छ। यसको साथै तिनको परिवारका सदस्यहरूको पनि स्वाब टेस्ट गर्नसकिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *