भाजपा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट स्वतन्त्रता दिवस पालन

सिलगढी : भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्लाको तर्फबाट भाजपा पार्टी कार्यालय अघि आज 75औँ स्वतन्त्रता दिवस पालन गरियो। राज्य भाजपाका मुख्य प्रवक्ता शमिक भट्टाचार्यले राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै पार्टीको दलीय झण्डा पनि उत्तोलन गरे। यसपछि संगठनका सदस्यहरूले शहीदहरूको प्रतिकृतिमा पुष्प अर्पण गरेर तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। राज्य भाजपाका मुख्य प्रवक्ता शमिक भट्टाचार्यले आजको दिन खुशीको दिन हो। भारतीय संस्कृतिको मूलमन्त्र सामाजिक महत्व र राजनीतिक महत्व बनिरहोस् भन्ने आफ्नो चाहना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *