भाजपा-तृणमूल जिल्ला अध्यक्षद्वारा प्रार्थीको समर्थनमा अलिपुरद्वारमा चुनाउ प्रचार

अलिपुरद्वार: लोकसभा चुनाउको घोषणा गर्न अगावै सबै पार्टीले आ-आफ्नो प्रार्थीको नाम घोषणा गरिसकेको छ। तृणमूल कङ्ग्रेसले अलिपुरद्वार जिल्लाका तृणमूल अध्यक्ष तथा राज्यसभा सांसद प्रकाश चिकबराइकलाई प्रार्थी बनाएको छ भने भाजपाले अलिपुरद्वारका जिल्ला अध्यक्ष तथा मदारीहाट विधायक मनोज तिग्गालाई पार्टीको उम्मेद्वार बनाएको छ। यसपछि दुवै पार्टीका जिल्ला अध्यक्षहरूले अलिपुरद्वारको लोकसभा केन्द्रमा जोडतोडले चुनाउ प्रचार गरिरहेको छ। प्रत्येक दिन विभिन्न ठाउँमा दुवै पार्टीका प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरिरहेको छ। दुवै पार्टीले चुनावी मैदानमा एक इञ्च पनि ठाउँ छोड्न तयार छैन। आज पनि प्रकाश चिक बराइक र मनोज तिग्गाले बिहानैदेखि चुनाउ प्रचार गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *