भाजपा उम्मेदवार मनोज तिग्गाद्वारा चुनाउ प्रचार

अलीपुरद्वार (निसं): अलीपुरद्वार लोकसभा आसनबाट मनोज तिग्गालाई भाजपा उम्मेदवारको रूपमा टिकट दिएको छ। यसपछि तिनले आफ्नो चुनाउ प्रचार पनि जोडतोडले शुरू गरेका छन्। प्राप्त जानकारी अनुसार अलीपुरद्वार जिल्लाको मदारीहाट बीरपाड़ा ब्लकमा भाजपा प्रार्थी मनोज तिग्गाले चुनाउ प्रचार शुरू गरेका छन्। आज बिहान तिनले चिया श्रमिकहरूसित भेट गरे। तिनले यहाँको सिंगानिया चिया बगानमा पुगेर त्यहाँ काम गर्ने श्रमिकहरूबीच चुनाउ प्रचार गरे। यस अवसरमा मनोज तिग्गाले भने, चिया बगानमा धेरै समस्याहरू छ। म भविष्यमा ती सबै समस्याहरूको समाधान गर्नका लागि पहल गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *