भाजपा उम्मेदवार राजु बिष्टले फाँसीदेवामा गरे चुनाउ प्रचार

फाँसीदेवा (निसं): दार्जिलिङ लोकसभा सीटबाट नामाङ्कन पत्र भरेको लगत्तै अर्को दिन आज बिहिवार भाजपा उम्मेदवार राजु बिष्टले फाँसीदेवामा चुनाउ प्रचार गरे। उनले आज फाँसीदेवा शहरको ज्योति नगरस्थित काली मन्दिरमा पुगेर पुजा-पाठ पनि गरे। उनले समर्थकहरूको साथमा वाहनमा सवार भएर फाँसीदेवा बीडीओ कार्यालय अनि त्यसपछि जालासबाट रंगापानीसम्म चुनाउ प्रचार गरे। आज उनले लिचुपाकरीस्थित पहाडी माता मन्दिरमा पनि पूजा-अर्चना गरे। यस सम्बन्धमा राजु बिष्टले भने, जनताको उत्साह हेरेर राम्रो लाग्यो। यो क्षेत्रका मानिसहरू जागरूक छन्। तिनीहरूले तृणमूललाई भोट दिने छैनन्। उनीहरूले प्रधानमन्त्रीलाई हेरेर भोट दिनेछन्। उनले अझ भने, यस क्षेत्रका मानिसहरूले जल जीवन योजनाको पानी पाएका छैनन्। उनले जनस्वास्थ्य तकनिकी विभागका अधिकारीहरूलाई चेतावनी दिनको साथै सीमामा गाई चोरीको लागि पुलिसलाई पनि सतर्क गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *