भाजपा युवा मोर्चाद्वारा शिक्षक दिवस पालन

दार्जिलिङ: भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिको तत्वावधानमा आज जिल्ला पार्टी कार्यालयमा शिक्षक दिवस पालन गरियो । मनिष लिम्बुद्वारा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी सद्स्य सीके शर्माले संक्षिप्तमा डा. सर्वपाली राधाकृष्णनको बिषयमा विस्तृत जानकारी गराए। यसवाहेक अन्य आतिथिहरु राज्य कमिटी सद्स्य समिर रोय, अभिषेक सेनगुप्त, विभास सरकार, अशोक बर्मन, मण्डल अध्यक्ष सुमन प्रधान आदिले पनि शिक्षक दिवस तथा डा. सर्वपाली राधाकृष्णनको बिषयमा अवगत गराए। यस कार्यक्रममा युवा मोर्चा अध्यक्ष निरज राईले धन्यवाद ज्ञापन पछि कार्यक्रमको समापन गरियो । शिक्षक दिवस कार्यक्रममा आज युवा मोर्चाका पदाधिकारीगण अनि कार्यकर्ताहरूको व्यापक उपस्तिथि रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *