भाजपा युवा मोर्चा-द्वारा निकालिइएको र्‍यालीलाई रोकिदियो पुलिसले, केही कार्यकर्ताहरू हिरासतमा

सिलगढी : अलिपुरद्वारमा भाजपा प्रदेश अध्यक्ष दिलीप घोषमाथि हमला गरेको विरोधमा भारतीय जनता युवा मोर्चाको तर्फबाट सिलगढीमा आज एउटा र्‍यालीको आयोजना गरियो। आज सिलगढीको भेनस मोड़मा एउटा विरोध र्‍यालीको  आयोजना गर्यो। उक्त र्‍याली शुरू हुनअघि नै सिलगढी मेट्रोपलिटन पुलिसको एउटा विशाल वाहिनी घटनास्थलमा पुगेर उक्त र्‍यालीलाई रोकिदियो। यसको साथै केही युवा मोर्चाका कार्यकर्ताहरूलाई पुलिसले हिरासतमा लिएर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *