भाजपा युवा मोर्चाको साङ्गठनिक सभा

सिलगढी (निसं): सिलगढीस्थित भाजपा पार्टी कार्यालयमा आज भाजपा युवा मोर्चाको साङ्गठनिक सभा सम्पन्न भयो। दार्जिलिङका सांसद राजु बिष्टको उपस्थितिमा सम्पन्न भएको उक्त सभामा विशेष मण्डल सशक्तीकरण अभियानबारे चर्चा गरियो। उक्त सभामा भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला अध्यक्ष निरज राई, सिक्किम भाजपा युवा मोर्चा राज्य अध्यक्ष सन्चो लेप्चा लगायत सिलगढी, दार्जिलिङ क्षेत्रका पदधिकारीहरू तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *