भाजपा युवा मोर्चा महासचिवको पदभार सांसद राजु विष्टलाई

हालै केन्द्रीय मन्त्री मण्डलको विस्तार गरिँदा दार्जिलिङका सांसद तथा पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टलाई कुनै पनि विभागमा मन्त्रीको दायित्व नदिए तापनि हिजो भाजपा अध्यक्ष जेपी नड्डासित बसेको महत्वपूर्ण बैठकमा तिनलाई भाजपा युवा मोर्चा राष्ट्रिय महासचिवको पदभार सुम्पिएको छ। भारतीय जनता युवा मोर्चा (भाजयुमो)-ले उक्त बैठकपछि नयाँ कार्यकारिणीको सूची जारी गरेको छ। उक्त सूचीमा विशेष गरेर बंगाललाई अधिक महत्व दिएको छ। अर्कोतिर, उत्तर बंगालका दुईजना सांसद जोन बारला र निशीथ प्रमाणिकपछि अब राजु विष्टलाई भाजपाले एउटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ। राजु विष्ट बाहेक वीरभूम जिल्लाको दुबराजपुरका विधायक अनुप साहालाई भाजपा युवा एकाइका राष्ट्रिय उपाध्यक्ष चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *