भाजपा युवा संगठनद्वारा खरसाङमा बाजपेयीको जन्मदिन पालन

खरसाङ : भाजपाको युवा संगठन भारतीय जनता युवा मोर्चाले देशका पूर्व प्रधानमन्त्री तथा भाजपाका संस्थापक सदस्य अटल बिहारी बाजपेयीको जन्मजयन्ती खरसाङको गोर्खा जन पुस्तकालयमा औपचारिक रूपमा पालन गर्यो। राज्य समितिका सदस्य मनोज देवान तथा युवा जिल्ला अध्यक्ष अभिषेक शर्माको प्रमुख उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री स्वर्गीय अटल बिहारी बाजपेयीले पार्टी तथा देशको निम्ति दिएको योगदानको स्मरण गर्दै तिनको जन्मदिनमा आज सबैले फुलमाला चढाएर श्रद्धापूर्वक सम्झना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *