भक्ति नगर थानामा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थानामा आज उत्सर्ग योजना अन्तर्गत रक्तदान शिविरको आयोजना गरियो। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले उक्त रक्तदान शिविरको विधिवत् उद्घाटन गरे। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार प्रत्येक थानामा शनिवारको दिन रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ भने यसै क्रममा आज भक्ति नगर थानामा रक्तदान शिविरको आयोजना गरिएको हो।


यसबाहेक कमिश्नर गौरव शर्माले साधारण मानिसहरूलाई ट्राफिक नियमबारे जागरूक गराउनको साथै केही मानिसहरूलाई हेलमेट पनि लगाइदिए। यस अवसरमा डीसीपी जय टुडूले भने, प्रत्येक सप्ताह शनिवार सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज भक्ति नगर थानामा रक्तदान शिविरको आयोजना गर्नको साथै साधारण मानिसहरूलाई ट्राफिक नियमबारे जागरूक पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *