भक्तिनगर एरियाको एउटा स्टुडियोमा चोरी 

सिलगढी भक्तिनगर थाना अन्तर्गत पर्ने एउटा स्टुडियोमा चोरी भएको घटना अघि आएको छ। स्टुडियोका मालिक राजेश रायले बताएअनुसार आज बिहान तिनले दोकानको सटर खोल्दा दोकानको सर-समानहरू छरपस्ट अवस्थामा रहेको देखे। यसको साथै दोकानमा रहेको एउटा प्रिन्टर मसिन लगायत नगद रुपियाँ चोरी भएको तिनले थाहा पाए। उक्त दोकानको छाना काटेर दुष्कृतिहरू दोकानभित्र पसेर त्यहाँ रहेको समान सहित रुपियाँ चोरी गरेको तिनले बताए। यसपछि तिनले घटनाबारे भक्तिनगर थानालाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *