भक्तिनगर ट्राफिक गार्डमा 32औँ सड़क सुरक्षा सप्ताह पालन

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटमा आज मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा शुरू गरिएको सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सड़क सुरक्षा कार्यक्रमको शुरूआत गरियो। यसै क्रममा आज भक्तिनगर ट्राफिक गार्डमा 32औँ सड़क सुरक्षा कार्यक्रमका आयोजना गरियो। यस अवसरमा भक्तिनगर थानाको सहयोगमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्नको साथै कार्यक्रमको माध्यमद्वारा ट्राफिक नियमहरूप्रति मानिसहरूलाई जागरूक गराइयो। यसको साथै निःशुल्क हेल्थ चेकअप क्याम्पको पनि आयोजना गरियो। यस अवसरमा भक्तिनगर ट्राफिक गार्डमा एउटा ट्रेनिङ सेन्टरको कमिश्नर र एडीसीपीले विधिवत् रूपमा उद्घाटन गरे। मारवारी युवा मञ्चको सहयोगमा सिलगढी सहरका लगभग 6 जना दिव्याङ्गलाई ट्राई साइकल प्रदान गरियो। कार्यक्रमको अन्तमा भक्तिनगर ट्राफिक गार्डको तर्फबाट बाइक र साइकल र्‍याली निकालिइयो। उक्त र्‍याली अवधि सहरका मानिसहरूलाई ट्राफिक नियमहरूबारे जागरूक गराइयो। यस अवसरमा पुलिस कमिश्नर डीपी सिंहले बताएअनुसार बंगालमा दिन प्रतिदिन सड़क दुर्घटनाको संख्या बढ़दै गइरहेको छ। सडक दुर्घटना रोक्ने उद्देश्य लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सेफ ड्राइभ सेफ लाइफ परियोजना शुरू गरेकोले हाल सडक दुर्घटनामा केही कमी आउन थालेको छ। सड़क दुर्घटना रोक्ने केवल पुलिसको मात्र नभएर साधारण मानिसहरूको पनि जिम्मेवारी रहेकोले सबैलाई ट्राफिक विभागको सहयोग गर्ने तिनले अपील पनि गरे। कार्यक्रममा ज्वाइन्ट सीपी सब्यसाची रमन मिश्रा, हेड क्वार्टर डीसीपी जय टुडु, वेस्ट जोन डीसीपी कुंवर भूषण सिंह र ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *