भक्तिनगर ट्राफिक गार्ड र स्वयंसेवी संगठनद्वारा नेत्र जाँच शिविर

सिलगढी: भक्तिनगर ट्राफिक गार्ड पुलिस स्वयंसेवी संगठनले साधरण मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर आज भक्तिनगर ट्राफिक कार्यालयमा नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त नेत्र जाँच शिविरमा लगभग 100 जना मानिसहरूले आ-आफ्नो आँखाको जाँच गराए। यसवाहेक 4 हजार मानिसहरूलाई नि:शुल्क मास्क अनि सेनिटाइजर पनि वितरण गरे। यस अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसका ज्वाइन्ट सीपी सव्यसाची रमन मिश्रा, एडीसीपी ट्राफिक अनुपम सिंह लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *