भक्तिनगर ट्राफिक गार्डको नयाँ भवनको उद्घाटन

सिलगढी : सिलगढीको भक्तिनगर पुलिस स्टेशन अन्तर्गत भक्तिनगर ट्राफिक गार्डको एउटा नयाँ भवनको सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर त्रिपुरारी अथर्वले हिजो विधिवत् रूपमा उद्घाटन गरे। ट्राफिक गार्डहरूको लागि सानो भवन भएको कारणले गर्दा नयाँ भवन निर्माण गरिएको साथै भवन नजिकै एउटा सानो बगैँचा पनि बनाइएको छ। यसको साथै सेफ ड्राइभ सेभ लाइफअभियान अन्तर्गत मानिसहरूलाई यातायात नियमहरूबारे जागरूक गराउने उद्देश्य लिएर यहाँ एउटा एलईडी स्क्रीन पनि लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *