भारत-बङ्ग्लादेशको संयुक्त पहलमा फुलबारी बर्डरमा रिट्रीट कार्यक्रमको आयोजना  

राजगञ्ज : बीएसएफ तथा बीजीबीको संयुक्त पहलमा फुलबारी बर्डरमा दुवै देशमाझ रिट्रीट लगायत विविध कार्यक्रमको आयोजना गरियो। भारत-बङ्ग्लादेश सिमानाको जीरो पोइन्टमा बीएसएफ एवम् बीजीबीका जवानहरूले संयुक्त रूपमा परेड गरे। 2018 सालमा फुलबारीको भारत-बङ्ग्लादेश सिमानाको चेकपोस्टमा दुई देशको सिमानामा खटिएका वाहिनीका जवानहरूले संयुक्त रूपमा परेडको शुरू गरेका थिए। यस वर्ष बङ्ग्लादेश स्वाधीन भएको 50 वर्ष पुगेको छ भने उक्त युद्धमा भारतीय सेनाका धेरैजना जवानहरू सहिद भएका थिए। आजकै दिन 16 दिसम्बरमा बङ्ग्लादेश लगायत भारत सरकारले पनि उक्त दिनलाई विजय दिवसको रूपमा पालन गर्दै आइरहेको छ। यस अवसरमा बीएसएफको नर्थ बेङ्गल फ्रन्टियरका आईजी रवि गाँधीले बताएअनुसार बङ्ग्लादेशको स्वतन्त्रता दिवसको स्वर्ण जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रमले दुवै देशमाझको सम्बन्धलाई अझ बलियो बनाउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *