भारत-बांग्लादेश मालवाहक ट्रेन परिसेवा आजदेखि शुरू

सिलगढी :  धेरै समयको प्रतीक्षापछि भारत-बांग्लादेश मालवाहक ट्रेनको चलाचल आजदेखि शुरू भएको छ। धेरै समयदेखि यी दुई देशमाझ राम्रो सम्बन्ध बनाइ राख्नको लागि दुवै देशले यात्री ट्रेन लगायत विभिन्न पहल गरिरहेको छ भने यसपल्ट मालवाहक ट्रेन परिसेवा शुरू गरेको छ। एनजेपी स्टेशनबाट 12529 नम्बर भएको एउटा मालगाड़ीको 59 वटा बगीमा ढुङ्गा लादेर आज बांग्लादेशतर्फ प्रस्थान गर्यो। आज बिहान लगभग 9 बजेर 10 मिनटमा एनजेपी स्टेशनबाट उक्त मालवाहक ट्रेन बांग्लादेश प्रस्थान गर्यो। रेलवे सूत्रले दिएको जानकारीअनुसार अबदेखि उक्त मालवाहक ट्रेन प्रतिदिन बांग्लादेश जानेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *