भारत-बङ्ग्लादेश सीमा क्षेत्रमा घाँटी काटेको अवस्थामा शव उद्धार

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गत दारीभिटाको भारत-बङ्ग्लादेश सीमावर्तीको सोनामति इलाकामा एउटा व्यक्तिको घाँटी काटेको शव उद्धार भएको छ। मृत व्यक्ति विश्वनाथ सिंहले सोनामति इलाकामा चियाको दोकानमा काम गर्ने गर्दथे। मृतक व्यक्तिको छोराको भनाइ अनुसार राति कामबाट घर फर्किएपछि विश्वनाथ फेरि तिनी बजार गएपछि घर नफर्किएको बताए। आज बिहान स्थानीय मानिसहरूले घाँटी काटेको अवस्थामा बाबुको शव उद्धार भएको बारे आफूलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि इस्लामपुर महकुमा अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *