भारत-बङ्ग्लादेश सिमाना इलाकाबाट गाई-गोरू तस्कर पक्राउ

फाँसीदेवा : भारत-बङ्ग्लादेशको सिमाना इलाकाबाट पुलिसले एकजना गाई-गोरू तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बङ्ग्लादेशको पञ्चगढ जिल्ला निवासी 30 वर्षीय चञ्चल सरकारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति पुलिसले पेट्रोलिङ गरिरहेको समय फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमाना इलाकाको सडकमा उक्त युवकमाथि सन्देह लागेर सोधखोज गर्दा तिनको कुरामा पुलिसलाई सन्देह लागेपछि पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका युवक गाई-गोरू तस्करीसित संलग्न रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *