भारत-बङ्ग्लादेश सिमानाबाट बङ्ग्लादेशी नागरिक पक्राउ

फाँसीदेवा : भारत-बङ्ग्लादेश सिमानाबाट मोहम्मद फजुल (39) नाम गरेको एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति गाई-गोरू तस्करी गर्ने उद्देश्य लिएर 6 जना बङ्ग्लादेशी नागरिक भारतमा प्रवेश गरेका थिए। फाँसीदेवा थाना पुलिसले राति पेट्रोलिङ अवधि धनिया मोड संलग्न इलाकामा सन्देहजनक रूपमा यताउता घुमफिर गरिरहेको एकजना व्यक्तिलाई रोकेर सोधखोज गर्दा गाई-गोरू तस्करी गर्ने उद्देश्य लिएर भारतमा प्रवेश गरेको थाहा पाएपछि उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *