भारत-बङ्ग्लादेश सिमानामा 100 फिट उँचाईमा फहराइयो भारतको राष्ट्रिय झण्डा

राजगञ्ज : फुलबारीको भारत-बङ्ग्लादेश सिमानामा 100 फिट उँचाईमा भारतको राष्ट्रिय झण्डा आज फहराइयो। बीएसएफको पहलमा फुलबारीको भारत-बङ्ग्लादेश सिमानामा भारतको राष्ट्रिय झण्डा सधैँको निम्ति फहराइएको हो। आज एउटा कार्यक्रमबीच बीएसएफका डाइरेक्टर जेनरल (डीजी) पंकज कुमार सिंहले उक्त राष्ट्रिय झण्डा उत्तोलन गरे। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार उक्त राष्ट्रिय झण्डा सधैँको निम्ति फहराइएको हो। दुई देशका मानिसहरूले निक्कै टाढाबाट उक्त झण्डा देख्न सक्नेछन्। बीएसएफका डाइरेक्टर जेनरल पंकज कुमार सिंहले भने, भारतको राष्ट्रिय झण्डा हाम्रो गर्व हो। यसैले गर्दा नै फुलबारी सिमानामा 100 फिट उँचाइको उक्त झण्डा फहराइएको हो भने पश्चिम बंगालको कुनै पनि सिमानामा यति उँचाइको झण्डा फहराइएको छैन। अन्य सिमानामा पनि यस प्रकारको राष्ट्रिय झण्डा फहराइने योजना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *