भारत-बङ्ग्लादेश सिमान्त इलाकाबाट 7 वटा गाई-गोरू उद्धार

राजगञ्ज : राजगञ्ज थाना पुलिसले भारत-बङ्ग्लादेश सिमान्त इलाकाबाट 7 वटा गाई-गोरू उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज बिहान माझीयाली ग्राम पञ्चायतको यात्रापाडा सीमान्त इलाकामा स्थानीय मानिसहरू उक्त गाई-गोरूहरू देखेपछि राजगञ्ज थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा आएर 7 वटा गाई उद्धार गरेर लगेको बताइएको छ। उक्त गाई-गोरूहरू बङ्ग्लादेश लैजाने उद्देश्यले भारत-बङ्ग्लादेश सिमान्त इलाकामा ल्याएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *