भारत-भूटान सीमामा जनता कर्फ्यू-को प्रभाव

जयगाउँ : कोरोना भाइरसको बढ्दो प्रकोपबाट बाँच्ने उद्देश्य लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आहवान गरेको जनता कर्फ्यू-को जयगाउँ-भूटान सीमामा पनि प्रभाव देखापर्यो। अलिपुरद्वार जिल्लाको जयगाउँ-भूटान गेट बन्द गरिदिएको छ भने भूटान गेट नजिक धेरैजना स्वास्थ्य कर्मीहरू तैनाथ गरिएको छ। यहाँ तैनाथ स्वास्थ्य कर्मीहरूले गत केही दिनदेखि लगातार भूटानदेखि भारत प्रवेश गरिरहेका मानिसहरूको थर्मल स्क्रिनिङ गरिरहेका छन्। जनता कर्फ्यू अवधि कुनै पनि मानिसहरू यातायात नगरेकोले गर्दा आज थर्मल स्क्रिनिङ गर्न नपरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *