भारत-भुटान सिमान्तको धुमपाडाघाट इलाकामा भालु उद्धार

अलिपुरद्वार : अलिपुरद्वारको कुमारग्राम ब्लकको भारत-भुटान सिमान्तको धुमपाडाघाट इलाकामा भालु उद्धार भएको छ। हिजो साँझ स्थानीय मानिसहरूले भालु देखेपछि घटनाबारे वन विभागको न्युल्यान्ड बिट अफिसमा खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त भालुलाई खोरमा बन्द गरेर लगेको बताइएको छ। उक्त भालुलाई सुरक्षित स्थानमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *