भारत-नेपाल सीमा क्षेत्रमा नाका चेकिङ

खोरीबारी: गणतन्त्र दिवसलाई ध्यानमा राखेर खोरीबारी पुलिसले पनि भारत-नेपाल सीमा क्षेत्रमा पर्ने आफ्नो एरियामा आज बिहानैदेखि नाका चेकिङ शुरू गरेको छ। खोरीबारी थानाका एएसआई गोपाल मजुमदारले दिएको जानकारी अनुसार आज यस थाना क्षेत्रमा पर्ने बतासी कलीबारी , सिङ्घीया जोत, देवीगन्ज, चक्करमारी, पानीट्याङ् आदि ठाउँहरूमा पुलिसले आउने-जाने सबै वाहनहरू रोकेर नाका चेकिङ अभियान चलाइरहेको छ।


उक्त चेकिङ अभियानमा एएसआई गोपाल मजुमदार, देवीगन्ज पीपी इञ्चार्ज अशोक अधिकारीलगायत सिभिक पुलिस कर्मीहरू सामेल छन्। गणतन्त्र दिवसमा कुनै प्रकारको अप्रिय घटना हुन सक्ने आशंकालाई ध्यानमा राकेर नै यस प्रकारको चेकिङ अभियान चलाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *