भारत-नेपाल सीमाबाट 14 वटा गाई-गोरू जफत

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको नेगराडुब्बा बीओपीका जवानहरूले नेपालबाट अवैध रूपमा ल्याइरहेको गाई-गोरू जफत गरेको छ। तथापि, उक्त घटनामा कसैलाई पक्राउ गरिएको छैन। एसएसबीले दिएको जानकारी अनुसार एसएसबी 41औँ बटालियन नेगराडुब्बा बीओपीका जवानहरूले भारत नेपाल सीमामा नाका पेट्रोलि गरिरहेको समय सीमा पिलर संख्या 104/16 तथा 104/17 बीच नेपालबाट अवैध रूपमा गाई-गोरू ल्याइरहेको देखेपछि एसएसबी जवानहरूले भारतीय सीमामा रोक्दा गाई-गोरू छोडेर तस्करहरू चम्पट कसेको बताइएको छ। एसएसबी जवानहरूले 14 वटा गाई-गोरू जफत गरेको छ। एसएसबीद्वारा आवश्यक कार्वाहीपछि जफत गरेको गाई-गोरू गलगलिया थानालाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *